टेकु अस्पतालको निर्देशकमा डा. युवनिधि बसौला नियुक्त
काठमाडौं। सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौलालाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेकु अस्पतालको निर्देशकमा बसौलालाई नियुक्त गरेका हुन्।
शुक्रराज अस्पतालको निर्देशक रहेकी डा. मनीषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेर उनलाई नियुक्त गरिएको हो।
यसअघि कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका बसौलालाई टेकुको जिम्मेवारी दिइएको हो। पछिल्लो तीन महिनायता उनी वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment