आन्दोलनमा सहभागी हुन हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले फर्कायो
काठमाडौं। नागकि बचाउ अभियानका अभियन्ता दुर्गां प्रसाईंलाई आजको विरोध प्रदर्शनमा सहभागी हुन रोक लगाएको छ ।
आज गौशालामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन भक्तपुरस्थित आफ्नो निवासबाट आउने क्रममा प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा राकेर फर्काएको हो ।
गत बिहीबार (७गते) देखि राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउ अभियान भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका प्रसाईंको अभियानले नियमित रुपमा विरोध प्रदर्शन गरिरहेको छ ।
सोमबार गौशालामा गरिएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेको थियो। उनका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment