एमालेको मध्य पहाडी पदयात्रामा भीम रावल अनुपस्थित, भन्छन्- मेरो सहभागीता नेताहरुलाई रुचीकर लागेन
काठमाडौं। नेकपा(एमाले)को मध्यपहाडी लोकमार्ग पदयात्रामा नेता डा. भीम रावल अनुपस्थित भएका छन् । आजदेखि सुरु हुन लागेको पदयात्रामा रावललाई औपचारिक जानकारी नगराइएपछि उनी सहभागी नहुने भएका हुन्।
एमालले आजदेखि बैतडीको झुलालघाटबाट पद यात्रा सुरु गरेर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिने बताएको छ। एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने उक्त पदमार्गमा एमाले नेता रावल भने अनुपस्थित रहने भएका हुन्।
उनले आफूलाई औपचारिक जानकारी नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेता रावलले सुदूपश्चिम प्रदेशका अध्यक्षले जानकारी गराएपनि पार्टी अध्यक्ष लगायतका पदाधिकारीले औपचारिक रुपमा आग्रह नगरेकाले उपस्थित नभएको गुनासो गरे ।
बिहीबार डिसी नेपालसँगको कुराकानीमा उनले एमाले अध्यक्ष र महासचिवबाट औपचारिक रुपमा कुनै जानकारी नदिइएकाले उपस्थित हुन नसकेको स्पष्ट पारे ।
उनले भने, ‘प्रदेश अध्यक्षले जानकारी गराउनु भएको थियो। तर केन्द्रीय नेतृत्वबाट इच्छा भएकालाई आउन आग्रह गरिए पनि औपचारिक रुपमा कुनै जानकारी नभएकाले उपस्थित हुन सकेन।’
उनले आफ्नो आवश्यकता नदेखेरै सहभागीताका लागि जानकारी नदिएको हुनसक्ने बताउँदै अगाडि भने, ‘अछाम जाँदा आफ्नो तरिकाले आउन प्रदेश अध्यक्षले आग्रह गर्नुभयो। तर केन्द्रीय तहबाट कुनै आह्वान गरिएन सायद मेरो उपस्थिति उहाँहरुलाई रुचीकर लागेन।’
नेता रावलको आफ्नै सुदूरपश्चिम प्रदेशबाट सुरु गर्न लागिएको मध्य पहाडी पदयात्रामा सहभागीताका लागि नबोलाए पछि एमाले नेतृत्व हालसम्मै रावलप्रति अनुदार रहेको राजनीतिक वृत्तमा चर्चा छ।
एमालेको दशौं महािधवेशनमा अध्यक्ष केपी शर्माओली विरुद्ध उम्मेदवारी दिएर पराजित भएका रावललाई पार्टीमा कुनै जिम्मेवारी दिइएको छैन । एमालेले केन्द्रीय सल्लाहकार समितिमा मनोनयन गरेपनि रावलले सुरुदेखि नै उक्त जिम्मेवारी अस्वीकार गर्दै आएका छन् ।
राष्ट्रिय राजनीति र मुलुककम ज्वलन्त समसामयीक विषयमा खरो टिप्पणी राख्दै आएका रावल एमालेमा भूमिकाविहीन भएका छन्। राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिने उनको स्वभावका कारण एमालेबाट उपेक्षित भएको उनले स्वीकार गर्दछन् ।
राष्ट्रियताका पक्षमा दृढतापूर्वक अडान र हेरक विषयमा स्पष्ट धारणा व्यक्त गर्दै आएका उनले पछिल्लो समय पार्टीगत धारणाभन्दा माथि उठ्दै मुलुकको हितलाई सर्वोपरी राखेर आफ्ना आवाज बुलन्द गरिरहेका छन्।







डिसी नेपाल








Facebook Comment