बालेनको ‘मिशन ८४’ प्रतिको कटाक्ष- तिमीहरुको ८४ ले देश बन्दैन, तिमीहरुलाई सक्काएर बन्छ
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह(बालेन्द्र)ले आगामी ८४ सालको निर्वाचन केन्द्रित गतिविधि गर्ने दलहरुप्रति कडा व्यंग्य प्रहार गरेका छन् ।
उनले नयाँ तथा पुरानै दलहरुले समेत मिशन ८४ भन्दै गरिएको राजनीतिक कार्यप्रति कटाक्ष गर्दै ती अभियान सुरु गर्ने दलहरु सक्किएपछि मात्रै देश बन्ने ठाकुवा गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश बन्छ ,तिमीहरुको ८४ ले बन्दैन , तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’
अहिल्यैदेखि ८४को चुनाव केन्द्रित गतिविधि गरिएकोमा उनले यो खरो टिप्पणी समकालनीन दल र नेताहरुलाई सामाजिक सञ्जालमार्फत गरेका हुन् ।
नयाँ दल रास्वपा र प्रतिपक्षी एमाले समेत मिशन ८४ को अभियान लिएर राजनीतिक गतिविधि गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment