नक्कली शरणार्थी प्रकरणको जवाफी बहस जारी, खाणलाई थुनामुक्त गर्न माग
काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनु पर्ने माग गरिएको छ।
उच्च अदालत पाटनमा जारी बहसमा खाणका वकिलहरूले उनलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका हुन् ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणको तर्फबाट जवाफी बहस भर्खरै सकिएको छ।
खाणका तर्फबाट पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खम्बहादुर खातीलगायतले बहस गरेका हुन्। उनीहरूले एकै स्वरमा खाणलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।
आज नै बहस सकाउने र सम्भवतः आजै फैसला गर्नेगरी अदालतमा बहस भईरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment