कांग्रेस बागलुङका क्षेत्रीय सभापति पक्राउ, मापसे गरी प्रहरीमाथि कुटपिट गरेको आरोप
बागलुङ। मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन्।
बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।
गएराति बागलुङ जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गरेको अभियोग प्रहरीले लगाएको छ। उनीसँगै ३५ वर्षिय निर्मल रानालाई पनि बागलुङ प्रहरीले पक्राउ गरेको छ।
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment