प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई ज्याकेट उपलब्ध गराउने

डिसी नेपाल
१६ मंसिर २०८० १५:२७
12
Shares

ललितपुर। प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ ।

सेन्टरका ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले आज बसेको जिल्ला कार्यसमिति बैठकको निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित पत्रकारलाई रु तीन लाख बराबरको एक सय थान ज्याकेट उपलब्ध गराइने जानकारी दिए।

“भूकम्पमा परेका पीडित पत्रकार साथीहरुलाई सहयोग पुर्‍याउने हाम्रो उद्देश्य हो । रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडित सबै पत्रकारलाई पुग्ने गरी प्रेस सेन्टर केन्द्रीय कार्यसमितिमार्फत न्यानो ज्याकेट उपलब्ध गराउँछौँ,” उनले भने।

तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका पत्रकार मिलन नेपालीका नाममा स्थापित यस वर्षको ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार’ प्रदान गर्नका लागि तीन सदस्यीय छनोट समिति बनाइएको प्रेस सेन्टर ललितपुरका इन्चार्ज सूर्य सुवेदीले जानकारी दिए।

उनका अनुसार समितिमा ललितपुर बार एसोसिएसनका अध्यक्ष अधिवक्ता राम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ।

“संस्थागत रुपमा सहयोग गर्दा आपत्मा परेका साथीहरूलाई ठूलो काम हुन्छ । गत वर्ष पनि हामीले जिल्लामा क्रियाशील सेन्टरका पत्रकार साथीहरूलाई न्यानो ज्याकेट उपलब्ध गराएका थियौँ । यो वर्ष भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय भएको हो,” सचिव दीपक अर्यालले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *