अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा प्रभातफेरी
काठमाडाैं। अपांगता भएका व्यक्तिहरुको ३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरीको आयोजना गरिएको छ।
राष्ट्रिय अपांग महासंघ र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजना भएको प्रभातफेरी भद्रकालीबाट सुरु भएर सुन्धारा, नया सडक रत्नपार्क हुँदै भृकुटिमण्डप पुगेर समापन भएको थियो।
“दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने राष्ट्रिय मूल नाराका साथ आइतबार दिवस मनाइएको हो।
अपांगता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन सन १९९२ देखि अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।
विश्व स्वास्थ्य संगठन र विश्व बैंकले सन २०११ मा प्रकाशित पछिल्लो अपांगता सम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारको कुल जनसंख्याको १५ प्रतिशत मानिसहरू कुनै न कुनै रूपमा अपांगताको अवस्थामा बाँचिरहेको र यो हरेक वर्ष बढ्ने क्रममा रहेको अपांग महासंघले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment