राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

डिसी नेपाल
१८ मंसिर २०८० ७:५५
24
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

जसअनुसार ९१ दिने अवधिको ट्रेजरी खरिदका लागि राष्ट्र बैंकले ६ अर्ब चार करोड ५० लाख तथा एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको रहेको जनाइएको
छ।

जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *