ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला

डिसी नेपाल
२१ मंसिर २०८० २०:१५
128
Shares

गोरखा । पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए

शव ब्ल्यांकेटले बेरिएको अवस्थामा भेटिएको र घटना शंस्कास्पद देखिएको प्रहरीको भनाइ छ। मृतकको शरीरमा चोट पनि देखिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी प्रमुख श्रेष्ठसहितको टोली घटनास्थलमा पुगेको छ।

प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको टोली झिकाएर पनि अनुसन्धान भइरहेको श्रेष्ठले बताए। मृतकको पहिचान खुल्न बाँकि रहेकाे प्रहरीले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *