नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित
काठमाडाैं। खुला प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङ दिने निर्णयको विरोधमा नेपाल वायुसेवा निगमका कर्मचारीले आन्दोलन जारी राखेका छन्।
निगमको संयुक्त ट्रेड युनियन संघर्ष समितिले नागरिक उड्ययन प्राधिकरणद्वारा निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णय भएको भन्दै आन्दोलन जारी राखेका हुन्।
उनीहरुले ग्राउण्ड ह्यान्डलिङ जोगाउन व्यवस्थापन ट्रेड युनियन एक होऔं, ग्राउण्ड ह्यान्डलिङ खोस्ने हवाई माफिया होसियार भन्दै निगम कार्यालयमा धर्ना दिएका छन्। वार्षिक चार अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउनुपर्ने उनीहरुको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment