उदयपुरमा भरूवा बन्दुकसहित एकजना पक्राउ
उदयपुर। बेलका नगरपालिका-४ आनन्दटोल बस्ने ४७ वर्षीया दुर्गा विकलाई भरुवा बन्दुक २ नालसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment