कारको ठक्करबाट पोखरामा एक विद्यार्थीको मृत्यु, एक घाइते

डिसी नेपाल
२४ मंसिर २०८० २०:४६
632
Shares

पोखरा। पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। थप एक विद्यार्थी घाइते भएकी छन्।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। उनीहरू दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन्।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी- एए- ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा-२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको छ।

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *