कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

डिसी नेपाल
२६ मंसिर २०८० ८:३४
44
Shares

काठमाडौं। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ।

दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए।

सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने व्यहोरा उल्लेख गरिएको भन्दै परीक्षार्थीहरुले धर्ना, जुलुस तथा विरोध गर्न थालेपछि कार्यालयले त्यस्तो नगर्न आग्रह गरेको हो ।

कार्यालयले एक विज्ञप्ति जारी गर्दै उठान गरेका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ ।

नेपालस्थित दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *