जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप लगाइने
जुम्ला । जुम्लामा भोलिदेखि टाइफाइड खोप अभियान सञ्चालन हुने भएको छ। भोलिदेखि १३ गतेसम्म जुम्लाका १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई टाइफाइड खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
भूकम्प प्रभावित जिल्लाका नागरिकलाई टाइफाइडविरुद्धको खोप लगाउने क्रममा यसअघि जाजरकोट र रुकुम पश्चिममा खोप अभियान सम्पन्न भइसकेको छ। जुम्लाका झन्डै ५४ हजार जनालाई निःशुल्क टाइफाइड खोप लगाउने तयारी रहेको छ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाले पहिलो चरणमा जुम्लाको हिमा, सिञ्जा र कनकासुन्दरी गरी तीन वटा पालिकामा ८, ९ र १० गते खोप अभियान सञ्चालन हुने बताए। त्यस्तै दोस्रो चरणमा ११ देखि १३ गतेसम्म तातोपानी, तिला, पातारासी र गुठीचौर गरी चार वटा पालिकामा खोप अभियान सञ्चालन हुने छ।
विश्व स्वाथ्य सङ्गठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेढाईंले भूकम्प प्रभावित जिल्लाहरूमा सरसफाइ, खानपानलगायतका कुराबाट टाइफाइड हुनसक्ने भन्दै सरकारले खोप अभियान सञ्चालन गर्न लागेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment