सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

डिसी नेपाल
११ पुष २०८० १७:५१
48
Shares

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइको किनारा आज पनि लाग्न सकेन।

बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ।

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन्। सन्दीपका कानुन व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ। २०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि उनीविरुद्धको मुद्दा फैसलाको चरणमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *