गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत
धनगढी । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताएका छन्।
धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन कम्तिमा पनि तीन सय सैय्याको अस्पताल चलेको हुनुपर्ने बताए।
विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको हुनुपर्ने बताउँदै उनले एक सय सैय्याको अस्पताल राम्रोसँग चलाएर तत्काल तीन सय सैय्याको अस्पताल सुरु गर्नु पर्ने बताए।
त्यसपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय चलाउन कुनै समस्या नहुने मन्त्री बस्नेतको भनाइ छ। मेडिकल क्षेत्रका जुनसुकै विद्यार्थीलाई पनि बिरामी चाहिने भएकाले अस्पताल चलेको हुनुपर्ने उनको धारणा छ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बन्न सुरुमा एक सय सैय्याको अस्पताल राम्रोसँग चल्नु पर्छ,’ उनले भने,‘त्यसपछि तीन सय सैय्याको अस्पताल चलाउने र त्यो राम्रोसँग चले मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन योग्य हुन्छ।’
उनले गेटामा केही थप स्वास्थ्यकर्मीको व्यस्थापनगरि उपचार सेवा सुरु गरेको बताए। गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएको हुँदा अहिले एक सय सैय्याको अस्पताल चलाउन समस्या नहुने उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment