आजदेखि एनआइबीएल स्टेबल फण्डमा आवेदन दिन सकिने
काठमाडौं। एनआइएमबी एस क्यापिटलले आजदेखि नयाँ म्युचुअल फण्ड बिक्री खुला गरेको छ। क्यापिटलले कुल १० करोड इकाई ‘एनआइबीएल स्टेबल फण्ड’ को बिक्री खुला गरेको हो।
यो बन्दमुखी योजना भएकोले यसमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ १६ गतेसम्म खुला रहनेछ। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
उक्त बिक्री फण्ड मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ। यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment