केन्द्रीय बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

डिसी नेपाल
३ माघ २०८० ९:५६
68
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दैछ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो। बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण जारी गर्दै छ।

केन्द्रीय बैंकले उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज हुने छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। मिति माघ १७ गते साँवा र ब्याज भुक्तानी निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *