१२ सय रुपैयाँले घट्यो सुन

डिसी नेपाल
३ माघ २०८० ११:४५
732
Shares

काठमाडौं। नेपाली बजारमा सुन-चाँदीको भाउ बुधबार पनि घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको माहासंघले जनाएको छ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *