कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

डिसी नेपाल
४ माघ २०८० ९:३९
48
Shares

काठमाडौं। कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकका आनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो। यसअवधिमा खुद शुल्क, कमिसन र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको बैंकले जनाएको हो।

यस अवधिमा ३२.१९ प्रतिशत खुद नाफाले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ।

साथै, खुद शुल्क तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको र सञ्चालन नाफा पनि ३२.२४ प्रतिशत ले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ। यता, खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ।

कामना सेवाको चुक्ता पुँजी पुस मसान्तसम्म आइपुग्दा ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *