गड्डाचौकी नाकामा थप दुई जनामा संक्रमण पुष्टि
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीले बताए।
उनीहरूलाई काउन्सिलिङ गरेर होम आइसोलेसनमा बस्ने गरी घरतर्फ पठाइएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment