निर्वाण चौधरी, अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली
काठमाडौं। नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन्।
गए राति स्विटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन्।
उनले सो सम्बादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको बिषयलाइ मुख्य जोड दिएका छन्। उधोगपत्ति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिव दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन्।
‘विश्वभरी पानीको संकट बढीरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाइ पानी दिलाउन सकिन्छ,’ उनले सो फोरममा भने, ‘साथै, नेपालमा झन्डै १ लाख मेघावट बिजुली उत्पादन गर्न सकिनेछ तर हामी अहिले २–३ हजार मेगावट मात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन सकिन्छ।’
दक्षिण यसियाका देशहरूमा बिजुली बेच्न सकिने देखी त्यहाँ रहेको जनसंख्याको ठूलो हिस्सलाइ मध्यनजर गरेर बजार बिस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चौधरीले जोड गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment