यसरी घटिरहेको छ कुमारी बैंकको नाफा
काठमाडौं। कुमारी बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि नाफा भने घटेको छ।
कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसै अवधिमा भन्दा १४.३१ प्रतिशतले कम हो।
बैंकको खुद ब्याज आम्दानी भने ३५.१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज पनि बढ्दा यस बैंकको खुद नाफा घटेको हो । यसको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
गत वर्ष यस बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसैगरी, बैंकको सञ्चालन नाफा ५.०८ प्रतिशतले घटेको छ । बैंकको निष्कृय कर्जा दर ३.१५ प्रतिशत विन्दुबाट ४.९७ प्रतिशतमा पुगेको छ । हाल यसको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ।
जगेडा कोषमा १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कुमारीको प्रतिसेयर आम्दानी १.११ रुपैयाँले घटेर ६.६१ रुपैयाँमा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १३६.८२ रुपैयाँ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment