मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो
काठमाडौं। मुक्तिनाथ विकास बैंकको खुदनाफा घटेको छ भने खराब कर्जा बढेको छ।
बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३२.९३ प्रतिशतले घटेर ४२ करोड १७ हजार रुपैयाँमा सीमित भएको छ। बैंककले अघिल्लो वर्षको यसैअवधिमा यस ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यसंगरी एक वर्षको अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्राभवित भएको बैंकको भनाइ छ। खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ।
गत वर्ष ४४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७८ करोड ६३ लाख २२ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँमा आएको छ। खुद ब्याज आम्दानी भने २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा ३१ करोड ७२ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment