पाम र भटमासको तेलको समग्र व्यापार सुस्तायो

डिसी नेपाल
८ माघ २०८० ११:२८
88
Shares

काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय व्यापार सङ्कुचनमा परेको छ। सबैभन्दा धेरै आयातनिर्यात हुने शीर्ष पाँचमध्ये पर्ने पाम र भटमासको तेलको समग्र व्यापार अघिल्ला दुई आर्थिक वर्षमा सुस्ताउँदा निर्यात सुस्ताएको हो।

कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो।

यसैगरी छ महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रुपियाँ बराबरको आयात भएकामा निर्यात भने ५० अर्ब ४४ करोड ५१ लाख रुपियाँ बराबरको भएको छ।

आयात उच्च भए पनि निर्यात न्यून हुँदा भारतमा चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख रुपियाँ व्यापार घाटा रहेको छ।

यस्तै सो अवधिमा अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ४७ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ बराबरको आयात हुँदा एक अर्ब ६० करोड ६३ लाख रुपियाँ बराबरको निर्यात भएको छ। आयात बढ्दै गए पनि निर्यात न्यून हुँदा चीनमा एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख रुपियाँ व्यापार घाटा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *