सुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ घट्यो
काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर छ । लगातार आइतबार सोमबार र आज मंगलबार सुनको भाउ स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदीको भाउ भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment