सुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ घट्यो

डिसी नेपाल
९ माघ २०८० ११:४०
348
Shares

काठमाडौं।  नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर छ । लगातार आइतबार सोमबार र आज मंगलबार सुनको भाउ स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको भाउ भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *