जापानको चन्द्रमा मिसनले किन सूर्यको किरण पर्खिरहेको छ ?
काठमाडौं । यदि सूर्यको किरण सही ठाउँमा पर्यो भने जापानको चन्द्रमा ल्यान्डर जीवन्त हुन सक्छ भन्नेमा जापानको अन्तरिक्ष एजेन्सी अझै आशावादी छ। जापानको अन्तरिक्ष एजेन्सी जाक्सा यो क्षणको प्रतिक्षामा छ।
मुन ल्यान्डरको सौर्य उर्जाबाट चल्ने ब्याट्री पश्चिमतर्फ रहेको, सूर्यको दिशामा नपरेको र त्यसका कारण विद्युत् उत्पादन हुन नसकेको इन्जिनियरहरूले बताएका छन् ।
शनिबार यो ब्याट्री चन्द्रमाको सतह छोएको तीन घण्टापछि नै बन्द गर्नुपरेको थियो । तर टोलीलाई आशा छ कि सूर्यको किरणले उनीहरूको समस्या समाधान गर्न सक्छ।
“यदि सूर्यको किरण पश्चिमबाट चन्द्रमामा पर्यो भने, हामी ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने विश्वास गर्छौं। हामी यसलाई पुनर्जीवित गर्ने दिशामा काम गरिरहेका छौं,” जाक्साले एक विज्ञप्तिमा भन्यो।
यस मिसनको नाम ‘मून स्निपर’ हो। चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने जापान पाँचौं देश बनेको छ, यसअघि गत वर्ष भारतले चन्द्रमाको दक्षिणी सतहमा सफ्ट ल्यान्डिङ गरेको थियो।
वास्तवमा, जापानी वैज्ञानिकहरूले ब्याट्री प्रणाली पूर्ण रूपमा असफल हुनु अघि नै बन्द गरिसकेका थिए। १२ प्रतिशत पावर बाँकी रहेको र पुनः सुरु गर्दा समस्या नआओस् भनेर स्वीच अफ गर्ने निर्णय गरेको वैज्ञानिकहरूले बताएका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment