कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई नियमावली स्वीकृत

डिसी नेपाल
१० माघ २०८० २२:५२
12
Shares

कर्णाली । कर्णाली प्रदेश मन्त्रिपरिषद्को कार्यालयको निर्णयानुसार दुई नियमावली स्वीकृत गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै नियमावली स्वीकृत गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा ‘कर्णाली प्रदेश निजामती सेवा नियमवाली, २०८०’ तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा ‘कर्णाली कृषि व्यवसाय प्रवद्र्धन नियमावली, २०८०’ स्वीकृत गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा नमूना कार्यालय छनोट गरिएको छ । त्यसमा मुगु पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई उत्कृष्ट कार्यालयका रुपमा छनोट गरिएको प्रवक्ता जिसीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *