हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित

डिसी नेपाल
१२ माघ २०८० ६:५९
136
Shares

काठमाडौं। हामी नेपाली हाम्रो नेपाल पार्टी आजदेखि राप्रपा नेपालमा समाहित भएको छ। पार्टीलाई राप्रपा नेपालमा सहाहित गर्ने निर्णय बमोजिम आज घोषणा गरिएको हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष प्रदिप ओलिले जानकारी दिए।

बाँकेको कोहलपुरमा आज आयोजना गरिएको कार्यक्रमबाट पार्टीलाई राप्रपा नेपालमा समाहित गरिएको घोषणा गरिएको हो। समाहित भएको निर्णय गरिएको सहमति पत्रमा राप्रपा नेपालका उपाध्यक्ष गोबिन्दबिक्रम शाह र हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष प्रदीप ओलीले हस्ताक्षर गरेका छन्।

सहमति बमोजिम सबैलाई पार्टी केन्द्रले उपयुुक्त जिम्मेवारी दिई पार्टीमा कृयाशिल बनाउने राप्रपा नेपालका सह-महामन्त्री हिक्मत ढकालले जानकारी दिए।

समाहित भएको घोषणा पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले समाजिक सन्जालमा सम्पूर्ण साथीहरुलाई गौरवशाली राष्ट्रवादी राप्रपा नेपालमा हार्दिक स्वागत भन्दै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न चाहने,संघीयता खारेज गर्न चाहने तथा भ्रष्ट व्यवस्था अन्त गरी सुशासन र समृद्धि चाहने सबै एकजुट हुन आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *