पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व संकलन

डिसी नेपाल
१३ माघ २०८० ९:२०
40
Shares

इलाम। इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व संकलन गरेको छ।

यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो। आव २०८०/८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो।

यसैगरी आव २०७७/७८ मा एक करोड ८९ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए। यस्तै आव २०७८/७९ मा दुई करोड ५३ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार संकलन भएको थियो।

कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९/८० मा दुई करोड ५० लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा दुई करोड ७१ लाख ८२ हजार संकलन गरिएको थियो।

अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व संकलन भएको हो। पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन्।

“हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ”, उनले भने। नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए। खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *