यौन उत्पीडनको मानहानि मुद्दामा डोनाल्ड ट्रम्पले ८३.३ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने
काठमाडौं । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८३.३ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप लगाइएको थियो। यस मानहानि मुद्दामा फैसला सुनाउँदै, निर्णायकले क्यारोललाई भावनात्मक रूपमा चोट पुर्याएको र उनको प्रतिष्ठामा चोट पुर्याएकोमा ट्रम्पले १८.३ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने बताएको छ।
यसबाहेक ६५ मिलियन डलर जरिवाना तिर्नुपर्नेछ । निर्णय पछि क्यारोलले भनिन् ‘यो महिलालाई अपमानित गर्ने प्रयास गर्ने प्रत्येक ‘बुली’ को लागि ठूलो हार हो।’
ट्रम्पले यो निर्णयलाई ‘बिलकुलै हास्यास्पद’ भनेका छन् । शुक्रबार सुनुवाइका क्रममा ट्रम्प अदालतमा उपस्थित थिए तर फैसला सुनाउँदा उनी त्यहाँ थिएनन् ।
अघिल्लो सिभिल ठगी मुद्दामा, एक जूरीले क्यारोललाई यौन दुर्व्यवहार गरेको फेला पारेको थियो।
तर यो केस २०१९ मा क्यारोलको बारेमा ट्रम्पको टिप्पणीसँग सम्बन्धित थियो। उनले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका छन् ।







डिसी नेपाल







Facebook Comment