विश्वको सबैभन्दा ठूलो पानीजहाज आफ्नो पहिलो यात्रामा निस्कियो

डिसी नेपाल
१४ माघ २०८० १६:४४
2.3k
Shares

काठमाडौं । विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो ।

‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो छ। यसमा २० डेक छन् र ७,६०० यात्रुले एकैसाथ यात्रा गर्न सक्छन्।

यो क्रुज रोयल क्यारिबियन समूहको हो। आफ्नो पहिलो यात्राको क्रममा क्रूज जहाजले सात दिनको यात्रा पूरा गर्नेछ।

यो जहाजमा सातवटा स्विमिङ पुल छन्। यसबाहेक यसमा ६ वाटरस्लाइड, ४० रेस्टुरेन्ट, बार र लाउन्ज छन्।

जहाजमा सेन्ट्रल पार्क नामको एउटा सानो बगैचा पनि छ जसमा वास्तविक रूखहरू र बिरुवाहरू रोपिएका छन्। यस निकुञ्जको माथि पौडी खेल्नेको मूर्ति स्थापना गरिएको छ ।

तर, वातावरणविद्हरूले यो जहाजको विरोध गरिरहेका छन् । एलएनजीमा चल्ने यो जहाजले समुद्रमा ठूलो मात्रामा मिथेन उत्सर्जन गर्ने उनीहरूको भनाइ छ ।

जहाजमा प्रयोग हुने परम्परागत समुद्री इन्धनको तुलनामा, एलएनजी राम्रो र कम प्रदुषणकारी छ, तर यो चुहावट हुने खतरा हुन्छ।

तर रोयल क्यारिबियन समूहका प्रवक्ताले आधुनिक जहाजको अन्तर्राष्ट्रिय सामुद्रिक मानक अनुसार यो जहाजले २४ प्रतिशत कम ग्यास उत्सर्जन गर्ने बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *