सुनकाे भाउ बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ?

डिसी नेपाल
१५ माघ २०८० १२:०५
600
Shares

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। २ दिन स्थिर रहेको सुनको भाउ आज भने ३०० रुपैयाँले बढेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *