रिडी पावरको ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय

डिसी नेपाल
१५ माघ २०८० १२:०९
80
Shares

काठमाडौं। रिडी पावरको ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय गरेको छ। रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न माघ २२ गते बुक क्लोज गर्ने भएको छ।

जसअनुसार माघ २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउनेछन्।

यस कम्पनीलाई १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो। जसअनुसार यसले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *