अमेरिकाकी चर्चित गायिका पनि डीपफेकको शिकार, कानुन बनाउन माग
US singer-songwriter Taylor Swift performs onstage on the first night of her "Eras Tour" at AT&T Stadium in Arlington, Texas, on March 31, 2023. (Photo by SUZANNE CORDEIRO / AFP) (Photo by SUZANNE CORDEIRO/AFP via Getty Images)
काठमाडौं । अमेरिकाकी चर्चित गायिका टेलर स्विफ्टको पनि डिपफेक बनाएर सामाजिक सञ्जालमा भाइरल भएको छ । जब स्विफ्टको नक्कली तस्बिरहरू सोशल मिडियामा भाइरल भए, यसले अमेरिकी नेताहरूको ध्यान आकर्षित गर्यो। अहिले उनीहरुले यसलाई निषेध गर्न कानुन बनाउनुपर्ने र त्यस्तो गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार टेलर स्विफ्टको तस्बिर एक्स र टेलिग्रामलगायत सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । एक अमेरिकी सांसदले स्विफ्टको नक्कली तस्बिरलाई “डरलाग्दो” भने।
एक्सले आफ्नो पोस्टमा भनेअनुसार यो विषयलाई नजिकबाट अनुगमन गरिएको छ र कुनै पनि थप उल्लङ्घनहरूमाथि कारबाही गर्ने र सामग्री हटाइने सुनिश्चित गरिएको छ ।
डिपफेकले कसैको अनुहार वा शरीरलाई हेरफेर गरेर नक्कली भिडियो वा फोटोहरू सिर्जना गरिरहेको छ। यसमा विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिन्छ ।
२०२३ मा एक अनुसन्धानले पत्ता लगाएअनुसार एआइको कारण २०१९ देखि डीपफेकका घटनाहरू ५५० प्रतिशतले बढेको छ। अहिले अमेरिकामा एआईको सहयोगमा हुने यो छेडछाडका लागि कुनै कानुन छैन ।







डिसी नेपाल







Facebook Comment