एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
१६ माघ २०८० ८:५४
52
Shares

काठमाडौं। एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ।

सेयरधनीहरुले यसमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि आवेदन खुला गरेको हो। उक्त फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो।

जसमध्ये एनआइएमबी एस क्यापिटललाई १० लाख इकाई योजना व्यवस्थापक छुट्याइएको छ। यस्तै, कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई १ करोड ४० लाख इकाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

यो बन्दमुखी योजना हो। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *