भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार

डिसी नेपाल
१६ माघ २०८० १३:१३
44
Shares

काठमाडौं। विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपालले केही सुधार गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालले केहि सुधार गर्दै ११० औं स्थानबाट १ सय ८ औं स्थानमा उक्लिएको हो।

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार काठमाडौंमा सीपीआई प्रतिवेदन सार्वजनिक गर्दै १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको जनाएको हो।

सूचकांकमा डेनमार्क ९० अंकका साथ सवैभन्दा कम भ्रष्टाचार हुने मुलुक र ११ अंक प्राप्त गरि सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचिकृत भएका छन्।

सुचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउदछ भने ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ। कार्यक्रममा ट्रान्सपरेन्सी नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले गत बर्षको तुलनामा नेपालको अंकका केही सुधार भएपनि भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै कायमै रहको बताए।

उनले भ्रष्टाचार विरुद्धको जनचाहना सम्बोधन गर्न सरकार यथाशिघ्र अति गम्भीर हुन जरुरी रहको बताए। प्रधानाङ्गले संसदमा विचाराधिन रहेका भ्रष्टाचार विरोधी ऐन कानूनलाई फितलो बनाउने प्रयास रोक्नुपर्ने, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान तथा कारवाही गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलले माग गरेको बताए।

त्यस्तै उनले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न माग गरिएको जानकारी दिए।
सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २६, भारत ९३, माल्दिभ्सले ९३, श्रीलंका ११५, पाकिस्तान १३३, बङ्गलादेश १४९ र अफगानिस्तान १६२ औं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *