नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १८ गते देखि

डिसी नेपाल
१७ माघ २०८० १९:१४
20
Shares

काठमाडाैं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण माघ १८ गते देखि २१ गतेसम्म हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा. लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा. लिको संयुक्त आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो।

निर्माण व्यव्सायसंग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उदेश्यले प्रदर्शनी हुन लागेको आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरु का १५० भन्दा बढि स्टल रहने छन् ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, प्रि-फ्याब संरचना, UPVC विन्डोज मेसिनरी, UPVC प्रोफाइल, ढोका र झ्याल, वास्तु हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाईल्स र सेनेटरी वेयर, रूफिङ, प्री इन्जिनियरिङ बिल्डिङ, पावर टूल्स, विन्डोज, कंक्रीट ब्लक मेसिनरी, म्यानपावर एल्युमिनियम कम्पोजिट प्यानलहरू पनि उल्लेखनीय सहभागिता रहने छ । यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्याक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने आयोजकले जनाएको छ ।

यस प्रदर्शनीमा टाईटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् । सहयोगी संस्थाहरु Society of Nepalese Architects (SONA), Interior Designers Association of Nepal (IDEA) Confederation of Indian Industry (CII) रहेको यो प्रदर्शनी ४ दिन सम्म रहने छ भने उक्त प्रदर्शनीमा नि-शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *