कर्णालीमा हिमपात (तस्वीरसहित)

डिसी नेपाल
१८ माघ २०८० १२:१२
96
Shares

जुम्ला। कर्णाली प्रदेशका विभिन्न जिल्लामाआज बिहानैदेखि हिमपात भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो।

जुम्ला सदरमुका खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ। ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा-१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिए।

यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ।

सबै तस्वीर : रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *