‘रेड ब्लु इनर्जी ड्रिंक’को ब्रान्ड एम्बेस्डरमा कराँते खेलाडी अनु अधिकारी

डिसी नेपाल
२० माघ २०८० १४:३०
40
Shares

काठमाडौं। रेड ब्लु इनर्जी ड्रिक्सको ब्रान्ड एम्बेसडरमा कराँते खेलाडी अनु अधिकारी अनुबन्धित भएकी छिन्  ।

रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन रहेको इनर्जी ड्रिंक रेड ब्लुको ब्रान्ड एम्बेस्डरमा राष्ट्रिय कराँते खेलाडी अधिकारी अनुबन्धित भएकी हुन् ।

सो कम्पनीका निर्देशक मदन चुडाँलका अनुसार १३ औं दक्षिण एसियाली खेलकुदका सन २०१९मा राष्ट्रका लागि स्वर्ण पदक विजेता अधिकारीले देशका लागि गरेको योगदानको सम्मान स्वरूप उनलाइ ब्रान्ड एम्बेस्डर बनाइएको हो।

‘खेलाडी अनु अधिकारीलाइ आधिकारिक रुपमा सन २०२४ का लाग यस कम्पनिको ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्ति गरिएको जानकारी गराउँदछौं,’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘अनु अधिकारीजस्तो राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा सफल एवम प्रतिभावान खेलकर्मी साथ जोडिन पाउँदा कम्पनि परिवार अत्यन्त हर्षित छौं ।’

कम्पनिका अनुसार सन २०२४ का लागि खेलकुद पोशाक, खेल सामाग्रीहरू प्रदान गर्नुका साथर् बिभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरूमा भ्रमणका लागि सिमित आर्थिक सहयोगसमेत उपलब्ध गराउनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *