अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
२१ माघ २०८० ८:३८
88
Shares

काठमाडौं, २१ माघ । युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। यसले माघ २२ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ। उक्त लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने कम्पनीले जनाएको छ।

साथै, कम्पनीले गत वर्षको नाफाबाट यस सेयरधनीहरुलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी कुल १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ।

युनाइटेड अजोडले फागुन ६ गते उक्त लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *