अर्थमन्त्री भन्छन्– आगामी बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ

डिसी नेपाल
२२ माघ २०८० २०:२८
8
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतले प्रिबजेट विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरूले दिएको सुझाव र मुलुकको सीमित स्रोत–साधनलाई हेरेर उत्पादनशील क्षेत्रलाई समेटेर बजेट तयार पारिने बताए।

उनले सरकारले यो अधिवेशनमा धेरै विधेयक पेश गर्ने तयारी गरेकाले संसदले बिजनेस प्रशस्त पाउनेसमेत बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *