दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

डिसी नेपाल
४ भदौ २०८३ १५:३६

धनगढी । कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार घुस रकमसहित बमलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टकाअनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुलेका थिए।

उनलाई नियन्त्रणमा लिएर थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *