ट्याक्सीमाण्डुमा अब बाइक सेवा पनि, ग्राहकले आफैं भाडा तोक्न मिल्ने सुविधा
काठमाडौं। विगत लामो समयदेखि राइड सेयरिङ एपमार्फत ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले अब बाइक सेवा पनि थप गरेको छ। प्रारम्भ भएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो।
बाइक सेवा शुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए। बाइक सेवा पनि थप्न ट्याक्सीमाण्डुलाई लामो समयदेखि माग भइरहेको केसीको भनाइ छ।
बाइक सेवा लिन चाहनेहरुलाई कम्पनीले आफै आफ्नो भाडा तोक्न मिल्ने सुविधा दिएको छ। सेवाग्राहीले आफू जाने गन्तव्यको आफैंले उचित मूल्यमा भाडादर निर्धारित गर्न सक्नेछन्। ट्याक्सीमाण्डुले राइडर र प्यासेन्जरको बीमाको व्यवस्था पनि मिलाएको छ।
अहिले राइडहरुले बिना शूल्क ट्याक्सीमाण्डुमा दर्ता हुने अवसर पाउनेछन्। त्यस्तै हाललाई सेवावापत कुनै पनि कमिशन राखिएको छैन। पछि पनि एकदमै कम कमिशन राखिने सिइयो केसीले बताए।
ट्याक्सीमाण्डुले अन्य कम्पनीहरुको तुलनामा निकै कम कमिशन लिने केसीको प्रतिबद्धता छ। कम्पनीले बढीमा १० प्रतिशतमात्रै कमिशन लिने उनले बताए।
एपमा परिमार्जित गरेर केही थप फिचर्स पनि राखिएका छन्। जसमध्ये ‘इन एप कलिङ’ फिचर पनि एक हो। यो फिचरमार्फत चालक तथा प्यासेन्जरले भ्वाइस वा च्याटबाट एकअर्कामा सम्पर्क गर्न सक्नेछन्। यो फिचरका कारण अब चालक र प्यासेन्जरले एक अर्कालाई फोन गरिराख्नु पर्दैन।
चालक र प्यासेन्जरलाई सुविधा दिने क्रममा ट्याक्सीमाण्डुले स्वास्थ्य सेवामा पनि ध्यान दिएको छ। ट्याक्सीमाण्डु एप प्रयोग गर्नेहरुले एप देखाएकै आधारमा सुमेरु अस्पतालमा १५ प्रतिशत छुट पाउने सिइओ केसीले बताए। यसमा राइडर्सका परिवारले पनि १० प्रतिशत छुट पाउनेछन्।
यो सुविधा देशका अन्य शहरहरुमा पनि क्रमशः विस्तार गर्दै लगिने बताइएको छ। सरकारले केही दिन अघिमात्रै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो।
User app download link
राइडर दर्ता गर्न अहिले कुनै शुल्क लाग्दैन। कम्पनीलाई कुनै कमिशन पनि तिर्नु पर्दैन । दर्ता गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
Bike , Taxi, EV , Car







डिसी नेपाल







Facebook Comment