क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

डिसी नेपाल
२५ माघ २०८० ९:४४
88
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ।

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। योसँगै यस खेलमा क्यानाडाले पहिला बलिङ गर्ने भएको छ।

आजको खेलमा नेपालका लागि रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय डेब्यू गर्ने भएका छन्। त्यस्तै पवन सर्राफले एकदिवसीय टिममा पुनरागमन गर्दै प्लेइङ-११ मा रहेका छन्।

नेपालको प्लेइङ- ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी र सोमपाल कामी।

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ। टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात् माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात् माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *