नेपाल इन्स्योरेन्सले नाफा कमायो

डिसी नेपाल
२९ माघ २०८० ११:१३
16
Shares

काठमाडौं। नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३२.३४ प्रतिशत खुद नाफामा कमाएको छ। इन्स्योरेन्सले २३२.३४ प्रतिशतले बढेर ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ पुगेको हो।

अघिल्लो वर्षको यसैअवधिमा १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख ५३ हजार रुपैयाँ आम्दानी भएको र गत वर्षको यसैअवधिमा कर्जा तथा लगानीबाट यस कम्पनीले १६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो। खुद बिमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ पुगेको छ। खुद नाफामा भारी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ४०.६१ रुपैयाँले बढेर ६०.५५ रुपैयाँ पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २०.०४ रुपैयाँ रहेको थियो। प्रतिसेयर नेटवर्थ २०६.१४ रुपैयाँ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *