राष्ट्रिय सभाबाट मनी लाउन्डरिङ विधेयक स्वीकृत

डिसी नेपाल
२९ माघ २०८० १७:१२
64
Shares

काठमाडौं। राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत भएको छ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो। प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको उक्त विधेयकलाई राष्ट्रिय सभामा सर्वसम्मतिबाट स्वीकृत गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

यसअघि उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। सो क्रममा राष्ट्रिय सभाका सदस्यहरूले स्रोत नखुलेको सम्पत्ति गैरकानुनी ठहर नभएमा वैध हुने दफा २८ को प्रावधानप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।

त्यसपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदस्यहरुले उठाएका प्रश्न र जिज्ञसाको जवाफ दिएका थिए। सो क्रममा आपराधिक कर्मबाट नकमाएको सम्पत्ति वैधानिकता दिने प्रक्रिया नपुगेमा मात्र वैध हुने भन्दै उनले त्यस्तो सम्पत्तिमा ५० प्रतिशत कर लाग्ने व्यवस्था गरेको जानकारी गराए।

यसपछि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *