नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता
काठमाडौं। नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सानिगाडको प्रतिशेयर रु एक सयका दरले ८५ लाख ५० हजार कित्ता शेयरवापत रु ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ।
कोषले आज जारी गरेको विज्ञप्ति अुनसार सम्झौता भएको मितिले कम्पनीले छ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्नेछ। छ महिनाभित्र शेयर निष्काशन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment